अनिश शर्मा गैरे
गुल्मी, चैत २, २०७५-
मुसिकोट नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिको आयोजनामा ५० हजार रुपैयाँ राशीको भलिबल प्रतियोगीता हुने भएको छ।
नगर भित्र लुकेर रहेका खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्य लिएर नगर खेलकुद विकास समितिको आयोजनाम आउने नयाँ बर्ष २०७६ को अवसरमा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आउने बैशाख ५, ६ र ७ गतेका दिन वडास्तरिय भलिबल प्रतियोगिता मुसिकोट नगर रनिङ कप-२०७६ आयोजना गर्न लागिएको समितिका अध्यक्ष नविन कक्षपतिले जानकारी दिए।
मुसिकोट नगरपालिका भित्र रहेका युवा क्लब, सघंसस्थालाई सो कार्यक्रममा सहभागीता जनाउन समेत समितिले आग्रह गरेको छ।
मुसिकोट नगर रनिङ कप २०७६ नाम दिइएको प्रतियोगीताको प्रथम पुरस्कार रु. ५० हजार कप, मेडल र प्रमाणपत्र, द्वित्तिय पुरस्कार रु. ३० हजार, मेडल र प्रमाणपत्र तथा तृतिय पुरस्कार रु. २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ।
मुसिकोट नगरपालिका-७, वामीटक्सारमा आयोजना हुने सो प्रतियोगीताको तैयारीका काम अब सुरु गर्न लागिएको अध्यक्ष कक्षपतिले बताए। यसैबिच नगर भित्रका १६ सामुदायिक माध्यमिक विद्यालय र वडा भित्रका सबै क्लब र युवा समुहहरुलाई २/२ थान भलिबल र आइरन पोल वितरण गरिने भएको छ। भलिबल कोर्ट मापदण्ड अनुसार रहेका र आवश्यकताका आधारमा १६ विद्यालय र ९ वडाहरुमा दुइ दुइ वटाका गरी ३६ सेट आइरन पोल वितरण गरिने समितिले जनाएको छ। साथै अन्य ठाँउमा आवश्यक परेको खण्डमा आउने बर्षहरुमा वितरण गरीने जनाइएको छ।
मुसिकोट नगरपालिकाले खेल क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्य सहित कक्षपतिको अध्यक्षतामा नगर खेलकुद विकास समिति गठन गरेको थियो। खेलसम्बन्धी हरेक गतिविधि सञ्चालन गर्ने अधिकार र दायित्व सो समितिलाई प्रदान गरिएको छ।
मुसिकोट न्युज प्रतियोगिताको मिडिया पार्टनर रहेको छ।
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।