Author
अनिश शर्मा गैरे

गुल्मी, फागुन २६, २०७५-

मुसिकोट नगरपालिकाको आयोजनामा वामीमा दुई दिने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ।
मुसिकोट नगरपालिका र त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्यालेन्टेसन सेन्टरको आयोजनामा यही फाल्गुण ३० र चैत्र १ गते मुटुरोग सम्बन्धी २ दिने स्क्रिनिङ्ग शिविर तथा चैत्र २ गते मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्यालेन्टेसन सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला लगायत विशिष्ट कार्डियोलोजिष्टहरुको समूह द्वारा मुटुरोग जाँच गरिने भएको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख डिबी जिसीले जानकारी दिए।
फाल्गुण ३० र १ गते स्क्रिनिङ्ग गराएका मुटुरोगीहरुको मात्र चैत्र २ गते सञ्चालन हुने शिविरमा डा. कोइराला सहितको समुह द्वारा उपचार गरिने नगरपालिकाको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ।
वामीटक्सार स्वास्थ्य चौकीमा हुने स्वास्थ्य शिविरको अधिकतम फाइदा उठाउन नगरपालिकाले सबैलाइ आग्रह गरेको छ।

तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।