Author
अनिश शर्मा गैरे

गुल्मी, माघ ९, २०७५-

महेन्द्र आदर्श माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका-७, वामीले आफ्नो ६० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गर्न गइरहेको हिरक महोत्सव सफल पार्न आयोजक देखि समाजसेवी र शिक्षाप्रेमी लागि परेका छन।
हाल सम्म करिब १ करोड ६० लाख रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद सापकोटाले जानकारी दिए।
मुसिकोट नगरपालिकाले विद्यालयलाइ सहयोग गर्ने ५० लाख सहित गरी उक्त रकम संकलन भएको र फरक फरक ठाँउमा आर्थिक संकलन भइरहेकोउनले बताए । महोत्सबको अवसर पारी विद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ ५ करोड अर्थ संकलन गर्ने लक्ष्य राखीएको छ । जसको लागि अधिकतम जनशक्ति परिचालन गरीनुका साथै तयारीका हरेक उपायहरु अबलम्बन गरीएको छ ।
महोत्सब लक्षित गरी विद्यालय भवन रँगरोगन तथा सिँगारपटारको काम पनि भइरहेको छ । विद्यालयका दुइ स्थानमै रहेका भवनहरुलाइ विभिन्न संकेतहरु सहित पेन्ट गर्ने र झलमल्ल गराउने काम भइरहेको हो ।

बिद्यालयले आयोजना गरेको श्रीमद्भभागवत धन–धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको तयारीको निम्ती विभिन्न समिति गठन तथा प्रचारप्रसार कार्य अघि बढीरहेका छन् ।
प्राविधिक शिक्षा बिना अबको देश र समाजको बिकास पनि सम्भव नभएकाले अहिलेको शिक्षा अब्यवहारीक भएको भन्दै बिभिन्न क्षेत्रबाट आवाज उठीरहेको समयमा बिद्यालयले प्राविधिक शिक्षा सञ्चालनको निम्ती पहल थालेको हो । हालसम्म महोत्सब तथा महायज्ञको निम्ती मूल आयोजक समिति, कार्यकारीणि समिति, कार्य सम्पादन समिति र सल्लाहकार समिति गरी मुख्य ४ समिति र सो समितिहरुको मातहतमा रहने गरी अन्य ३३ वटा उपसमितिहरु गठन गरीएको छ ।
सो महायज्ञमा प्रमुख बाचकको रुपमा भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमलाई चयन गरीएको मुल आयोजक समितिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।
त्यसैगरी महोत्सबमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपि शर्मा ओलीलाई ल्याउने गरी तैयारी पनि थालिएको छ । महोत्सबको प्रचार प्रसारको लागि निमन्त्रणा कार्ड साथै ब्रोसर, पम्प्लेट, होर्डिङ्ग बोर्ड, स्टीकरहरु तयार भइ पर्याप्त प्रचारको काम पनि थालीएको मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्लेले बताए ।
महोत्सबमा सहयोग गर्ने सहयोगीहरुलाइ उहाँहरुको सहयोग राशी अनुसार सम्मान गरीने छ । जस अन्तर्गत ५५ लाख भन्दा माथि सहयोग गर्ने दातालाइ बिद्यालयको बाटीकामा दानवीर वा दानवीरले इच्छाएको ब्यक्तिको पुर्णकदको शालिक निर्माण गरिने जनाइएको छ ।


त्यसैगरी ४० लाख देखि ५५ लाख सम्म सहयोग गर्ने दाताको परिवारका ४ सदस्यलाइ हेलिकप्टरबाट नगरपरिक्रमा गराइ मञ्चमा ल्याइ सम्मान गर्ने, बिद्यालयमा दानवीर वा इच्छाएको ब्यक्तिको अर्धकदको शालिक निर्माण गरीने लगायतका सम्मान प्रदान गरीने बिद्यालयले जनाएको छ । त्यसैगरी अन्य राशीअनुसारका सम्मानको ब्यबस्था गरीएको छ ।
बिद्यालयले आगामी फाल्गुण १३ गतेदेखि २० गतेसम्म हिरक महोत्सब आयोजना गरेको छ । र सबैलाइ सहयोग गर्न पनि आग्रह गरेको छ ।
हाल कक्षा १२ सम्म अध्ययन हुँदै आइरहेको बिद्यालयले छुट्टै भवनमा अँग्रेजी माध्यमको क
क्षा पनि सञ्चालन गर्दै आइरहेको छ । निकट भविष्यमा प्राविधिक शिक्षा सञ्चालन गर्ने ध्येयका साथ यस बिद्यालयको सम्पुर्ण टिम तथा अन्य सरोकारवाला शिक्षाप्रेमी बिद्यालयप्रेमीहरु लागि परेका छन् । महोत्सब सम्पन्न गर्न गठन गरीएका विभिन्न समिति तथा उपसमितिहरु काममा खटिएका छन् ।
यसैबिच
मुसिकोट नगरपालिका २ मुसिकोटमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले विभिन्न व्यक्तिहरुबाट हालसम्म २७ लाख,८८ हजार बरावरको चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।
महोत्सव नजिकीदै गर्दा विद्यालयले विभिन्न स्थानहरुमा महोत्सवको प्रचार प्रसार गदै आर्थिक संकलन अभियानलाई तिव्रता साथ अगाडी बढाइरहेको छ ।
विद्यालयमा प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि यहि माघ २१ देखि २९ गतेसम्म विद्यालयले मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सवबाट श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्न लागिएको छ । उता मुनपा १ पौदी अरेवामा रहेका जनज्योती माबिमा पनि हीरक महोत्सबको तयारी भइरहेको छ । आगामी फाल्गुण १ देखी ९ सम्म विद्यालयले महोत्सब साथै नवाहज्ञान महायज्ञ आयोजना गरेको हो । हालसम्म १६ लाख बढी रकम संकलन गरेको विद्यालयका प्रअ इश्वरी आचार्यले जानकारी दिए।



तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।