अनिश शर्मा गैरे
गुल्मी, फागुन १९, २०७५-
मुसिकोट नगरपालिका-८, वामी मैदानमा गत माघ २० गते भएको दुर्घटनामा परी निधन भएका स्व. ठाकुर सापकोटाका दुइ नाबालिका छोरीहरुका लागि वामी सेवा समिति जापानले झण्डै २ लाख रुपैयाँ सहयोग गरेको छ।
सापकोटाका नाबालक दुई छोरीहरू करिश्मा र गायत्री सापकोटाको शिक्षामा खर्च गर्ने उद्धेश्यका साथ संस्थाको तर्फबाट संकलित १ लाख ९३ हजार ९ सय २२ रुपैया स्व. सापकोटाकी श्रीमती माया सापकोटालाई हस्तान्तरण गरिएको हो।
वामीमा जारी महेन्द्र आदर्श माविको हीरक महोत्सवको अवसरमा संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा तथा उपाध्यक्ष दिलिप थापाले हस्तान्तरण गरेका हुन्।
संस्थाका पदाधिकारी तथा सदस्य हरूले स्वेच्छिक रूपमा संकलन गरी सो सहयोग प्रदान गरीएको संस्थाले जनाएको छ ।
सो रकम भने परिवारले खर्च गर्ने नभइ मुसिकोट नगरपालिका नगर प्रमुख सोमनाथ सापकोटा संरक्षक हुने गरी स्व. सापकोटाका दुई छोरीहरू करिश्मा र गायत्री सापकोटाको नाममा सिटी एक्सप्रेस बैंक, वामी शाखामा संयुक्त खाता सञ्चालन गरी १ लाख ७५ हजार रुपैया जम्मा गरीएको छ भने बाँकी १८ हजार ९ सय २२ परिवारलाइ प्रदान गरीएको छ ।
“परिश्रम ले बाच्न सिकौ” भन्ने मुल नाराका साथ स्थापना भएको यस संस्थाले वामी लगायत अन्य क्षेत्रमा समेत दुखी, गरीब, प्राकृतिक प्रकोपका पीडित लगायत दुखमा परेकाहरुलाइ सहयोग गर्दै आइरहेको छ ।
समिति जापानले देशका बिभिन्न स्थानहरू बिशेष गरेर गुल्मीको वामीमा शिक्षा, स्वास्थ्य, सडक, मन्दिर, पाटिपौवा निर्माण लगायतमा पनि लगानी गर्दै आइरहेको छ ।
यसैबिच उनै वालिकाहरुको शिक्षा दीक्षाको लागि भन्दै जनकल्याणकारी संस्था जापानले ३ लाख भन्दा बढी राशीको अक्षयकोष स्थापना गरी ग्लोवल आइएमइ बंैकमा शाखा खोली जम्मा गरीदिएको छ ।
अर्धबार्षिक रुपमा आउने ब्याजले बालिकाहरुको शिक्षादीक्षामा खर्च गरीने संस्थाले जनाएको छ।
गत माघ २० गते वामी मैदानमा भएको जीप दुर्घटनामा सापकोटा सहित पुतली सिँह ठकुरीको निधन भएको थियो भने अन्य दुइ जना घाइते भएका थिए।
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।