Author
अनिश शर्मा गैरे

गुल्मी, फागुन १९, २०७५-

फाल्गुण १८ गते जिल्ला समन्वय समिति, गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले विद्यालय चलाउनको लागि महायज्ञ गर्नुपर्ने अवस्था हुनु निकै दुखद भएको बताएका छन।
महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको हिरक महोत्सवको शनिवारको कार्यक्रमलाई सम्बोधन गर्ने पराजुलीले धर्मको रक्षाको निम्ति महायज्ञ गर्नु राम्रो भएको तर तीन तहका सरकारले देश चलाइरहेको अवस्थामा महायज्ञ बाट विद्यालय चलाउनुपर्ने अवस्था राम्रो नभएको बताए।
अब तीन तहका सरकार हरु मिलेर विद्यालय हरु स्थायी गर्नुपर्ने उनको भनाइ छ । खास गरि वर्तमान शिक्षा नीति निकै अपुरो र खोटपुर्ण रहेको भन्दै उनले अहिलेको शिक्षा नीति र पाठ्यक्रम दुवैलाइ परिमार्जन गर्नुपर्नेमा जोड दिए । समृद्धिको अभियानको महत्त्वपूर्ण पक्ष चेतना भएको भन्दै उनले शिक्षाको सर्वशुलभता तथा बिकास बिना समृद्धी प्राप्त हुन नसक्ने बताए ।
अब विद्यालय हरु हिजोको तरिकाले सञ्चालन हुन नहुने भन्दै विद्यालयको नया नक्साङ्कन गर्दै सबैले समान रुपले शिक्षा पाउने वातावरण गराउनु पर्ने बताए।

प्रमुख पराजुलीले हाल तीन सरकारहरु मिलेर देशमा समृद्धिको अभियान सुरु भएको बन्दै विकासमा सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने बताए ।
गुल्मीको बिकासको लागि जिल्ला समन्वय समिती तथा १२ ओटै स्थानीय तहहरुले साझा सवालका योजनाहरु अघि सारेको बताए ।
कृषि, पशुपालन, पर्यटन लगायतको माध्यमबाट गुल्मी जिल्लाको बिकास गर्न सकिने भन्दै उनले कृषिका क्षेत्रमा कफी सुपर जोन, मकै सुपर जोन, आलु सुपर जोन तथा सुन्तला सुपर जोन लगायतका कार्यक्रमहरु लिएर अघि बढेको बताए । त्यसैगरी गुल्मी जिल्लालाइ निकट भविष्यमा उज्यालो जिल्ला घोषणा गर्ने गरी सबैको घरघरमा भरपर्दाे बिजुली पुर्याउने, प्रत्येक परिवारलाइ एक घर एक धाराको अभियानमा जोड्ने, पुर्वाधार बिकासका कार्यहरु गर्दै जिल्लालाइ समृद्ध बनाउने बताए ।
उनले तराइबाट ट्रकका ट्रक सामानहरु यता आउने तर तीनै ट्रकहरु रित्तै फर्कने स्थिती रहेको भन्दै ती ट्रकहरु भरेर गतै पठाउने वातावरण सिर्जन गर्न १२ वटै स्थानीय तहहरु मिलेर अघि बढेको बताए ।

गुल्मेली जनताको आम्दानी वृद्धि गर्न कृषि, पशुपालन लगायतका क्षेत्रमा नया नया योजनाहरु लिएर केही समयमै गुल्मेलीहरुको आम्दानी वृद्धि गर्ने पराजुलीको भनाइ छ ।
कार्यक्रममा वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापाले संस्थाको पहलमा विद्यालयको लागि संकलन गरीएको रकम विद्यालयलाइ हस्तान्तरण गरेका थिए । प्राविधकि शिक्षा सञ्चालनको उद्धेश्य सहित ५ करोड रुपैया अर्थ संकलनको लक्ष्य राखीएकोमा हालसम्म ४ करोड २५ ३८ हजार १४ रुपैया संकलन भएको बिद्यालयका शिक्षक डिल्लीराज खरेलले जानकारी दिए ।
हजारौ दर्शकहरुको उपस्थिती रहेको कार्यक्रममा मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक द्धोय अनन्त भण्डारी तथा धनपति खरेलले गरेका थिए । महोत्सवमा प्रमुख वाचकको रुपमा भागवत भाष्कर पण्डित कमलनयन गौतमले प्रवचन दिइरहेका छन भने नेपालकै चर्चित भजन मण्डली द्वारा भजनकृतन तथा झाँकी प्रस्तुत भइरहेका छन्। महोत्सप २१ गतेसम्म चल्नेछ।


तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।