अनिश शर्मा गैरे
गुल्मी, चैत ३, २०७५-
मुसिकोट नगरपालिकाको आयोजनामा वामीमा तीन दने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविरमा ८ सय ३० जनाले सेवा लिएका छन्। ४१७ जना महिला ४१३ पुरुषले सेवा लिएका छन्।
त्यसैगरी ३ सय ७३ जनाको मुटुको जाँच गरिएकोमा १९८ महिला तथा १७५ जना पुरुषले स्वास्थ्य लाभ लिएका हुन्। त्यसैगरी २ सय ३६ जनाको इसिजी गरिएकोमा ११६ जना महिला र १२० जना पुरुषले सेवा लिएको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख डिबी जिसीले जानकारी दिए।
१३५ जनाको इको गरिएको हो। ७२ जना महिला र ६३ पुरुषको इको गरिएको छ भने निःशुल्क सल्यक्रिया (अपरेशन) १९ जनाको गरिने भएको छ। ११ जना महिला, ८ जना पुरुष गरी १९ जनाको मुटुको भल्भ फेर्ने, लगायतका समस्याहरुको समाधानको निम्ती अपरेशन गर्न निःशुल्क रुपमा त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्यालेन्टेसन सेन्टर, काठमाण्डौँमा लागिने भएको जनस्वास्थ्य शाखाका प्रमुख जिसीले जानकारी दिए।
मुसिकोट नगरपालिका र त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्यालेन्टसन सेन्टरको आयोजनामा यही फाल्गुण ३० र चैत्र १ गते मुटुरोग सम्बन्धी २ दिने स्क्रिनिङ्ग शिविर तथा चैत्र २ गते मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्यालेन्टेसन सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला लगायत विशिष्ट कार्डियोलोजिष्टहरुको समुह द्वारारा मुटुरोग जाँच गरिएको हो।
फाल्गुण ३० र १ गते स्क्रिनिङ्ग गराएका मुटुरोगीहरुको मात्र चैत्र २ गते सञ्चालन भएको शिविरमा डा. कोइराला सहितको समुहद्वारा उपचार गरिएको थियो।
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।