Author
अनिश शर्मा गैरे

गुल्मी, फागुन १७, २०७५-

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दुराष्ट्र चाहने हो भने जनमत सङग्रह गर्नुपर्ने बताएका छन्।
गुल्मीको मुसिकोट नगरपालिका-७, वामीमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयको हीरक महोत्सव एवं महायज्ञको पाँचौ दिनको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले हाल देशमा आइरहेको हिन्दुराष्ट्रको मागलाई पुरा गर्नको निम्ती जनमत सङग्रह आवश्यक रहेको र यसमा जनताले जे निर्णय गर्छन सो नै सर्वस्विकार्य हुने बताए।
उनले हिन्दु धर्म माथी आक्रमण बढेको भन्दै यसको संरक्षण र प्रबद्र्धन गर्दै धर्मले देखाएको बाटोमा हिड्न जरुरी रहेको बताए।
इसाइ धर्मालम्वीहरुले आफ्नो कमाइको केही रकम आफ्नो धर्मको रक्षाको निम्ती लगानी गर्ने तर हिन्दुहरुमा त्यस खालको भावना नभएको देशमा धार्मिक अतिक्रमण भइरहेको बताए । विपी पुत्र समेत रहेका डा. कोइरालाले धर्म सधै स्वतन्त्र हुने बताए ।
“धर्म कहिल्यै निरपेक्ष पनि हुँदैन, धर्म सापेक्ष पनि हुँदैन” उनले भने “धर्म भनेको स्वतन्त्र हुन्छ, त्यही धर्मको स्वतन्त्रताको प्रतिक नेपाली काँग्रेसको चार तारा मध्ये उक तारा हो”।

देश र समाजको लागि काम गर्न कुनै राजनीतिक पार्टी नचाहिने भन्दै राम्रो काम गर्नु नै धर्म गर्नु भएको बताए । निकै छोटो समय मन्तव्य राखेका कोइरालाले विपीको मार्गमा आफु हिडेर विकास कार्य गर्ने धारणा राखेका छन् । उने प्रधानमन्त्री ओलीले होलीवाइन पिएको भन्दै यसका विषयमा कोही धर्मगुरु पनि नबोलेको बताए।
१३ गतेबाटसुरु भएको हीरक महोत्सबको अवसरमा हालसम्म ४ करोड रुपैया संकलन भएको छ । हालसम्म ४ करोड १ लाख ५० हजार ५ सय २५ रुपैया संकलन भएको बिद्यालयका शिक्षक डिल्लीराज खरेलले जानकारी दिए ।

आगामी बर्षदेखी विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्य सहित विद्यालयले महोत्सब मार्फत सप्ताहज्ञान महायज्ञ गरी अर्थ संकलन गरीरहेको छ।


तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।