Author
प्रेम सुनार

गुल्मी, माघ २४, २०७५-

गुल्मीको मुसिकोट नगरपालिकाले बडिगाड खोला क्षेत्रमा सबै पक्षको साझा लगानीमा जलविद्युत आयोजना, खानी उद्योग, र्याफ्टिङ लगायत सामाजिक विकास, पुर्वाधार र पर्यटन विकास, बडिगाड पर्यटकिय सर्किटको अवधारणा अगाडी सारेको छ। उसले यस क्षेत्रका सबै जनप्रतिनिधी र विज्ञहरुलाई जुटाएर बुधबार देखि दुई दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस्तो अवधारणा अगाडी सारेको हो।
'बडिगाड क्षेत्रको सम्भावना र चुनौति विषयक' अन्तरक्रिया कार्यक्रम बडिगाड क्षेत्रका ६ स्थानीय तहका प्रमुख, उपप्रमुख सहित कार्यपालिकाका सदस्यहरुको सहभागितामा साझा सरोकारका विषयहरु पहिचान गर्ने र कार्यान्वयनको लागी पहल कदमी लिने गरि कार्यक्रमको आयोजना गरिएको आयोजक मुसिकोट नगरपालिकाले जनाएको छ।

गुल्मी जिल्लाको उत्तर पूर्व र बाग्लुङ जिल्लाका पश्चिम क्षेत्रका सत्यवती, चन्द्रकोट, मुसिकोट, गल्कोट, बडिगाड र ढोरपाटन नगरपालिका तथा गाउँपालिकाको सहभागिता रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य खड्क केसीले सबैको सामुहिक प्रयासबाट स्पष्टमार्ग पहिल्याइ गरिने विकासले मात्रै सम्वृद्धि ल्याउने बताए।
कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, चन्द्रकोट गाउँपालिकाका दोर्ण खत्रि, सत्यावति गाउँपालिकाका प्रमुख पारश्वर ढकाल सहितको टोलीले विभिन्न समुहमा रहेर छलफल गरिरहेको छ । यस क्षेत्रमै पहिलो पटक एकै क्षेत्रका स्थानियतह सामुहीक समस्या पहिचानको लागी अन्तरक्रियामा सहभागी भएका हुन्।
कार्यक्रममा आयोजक उद्घाटन कार्यक्रम नगरप्रमुख सापकोटाको अध्यक्षता, वडाअध्यक्ष तथा कार्यक्रमका संयोजक नारायण सापकोटाको स्वागत मन्तव्य तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीको संचालनमा सम्पन्न भएको थियो।


तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।