Author
अनिश शर्मा गैरे

गुल्मी, माघ २३, २०७५-

महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको हीरक महोत्सवमा लक्ष्य राखिएको ५ करोड अर्थ संकलनको अभियान अन्तर्गत एकै व्यक्तिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका छन्।
मुसिकोट नगरपालिका-७, मन्टेपाटा निवासी स्व. पिता नन्दराम सापकोटा तथा स्व. माता भानीकला सापकोटा, टोपली सापकोटा तथा स्व. ससुरावुवा नरिश्वर खरेलको पुण्य स्मृतिमा सासु आमा मनिकर्णा खरेलका छोरा बुहारी ज्वाइ लेखनाथ सापकोटा तथा सावित्रा सापकोटा तथा छोराछोरी पवन सापकोटा, पुजा सापकोटा, प्रियङ्का सापकोटा भण्डारी र ज्वाइ मनोज भण्डारीद्धारा सो बराबरको रकम बिद्यालयको लागि सहयोग प्रदान भएको मुल समारोह समिकिा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।
विद्यालयको लागि हालसम्म करिब २ करोड बराबरको रकम संकलन भइसकेको छ भने संकलन हुने क्रम जारी रहेको छ । हालसम्म विद्यालयका अध्यक्ष समेत रहेका समाजसेवी भुवन केसीले ५५ लाख बढी रकम विद्यालयलाई सहयोग गरेका छन्। महोत्सबममा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रहेको छ ।
भने फाल्गुण १३ देखी २० सम्म भव्य रुपमा महोत्सब तथा धाधन्याञ्चल गर्न लागीएको हो । महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । महोत्वसको तयारीलाइ अझै जोड दिएर अघि बढीएको आयोजकले जनाएको छ ।
शिक्षाप्रेमीहरु, विद्यालयका सरोकारवालाहरु देश विदेशमा प्रचारप्रसार तथा अर्थ संकलनको क्रमलाइ तिव्रता दिएका छन्।
यो भिडियो रिपोर्ट हेर्नुहोस्:


तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।