Author
अनिश शर्मा गैरे

गुल्मी, माघ १४, २०७५-

श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको आगामी फाल्गुणमा हुने हीरक महोत्सवको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन्। महोत्सव मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्ले, विद्यालयका अध्यक्ष भुवन केसी, प्रधानाध्यापक बुद्धि प्रसाद शर्मा सहितको टोलीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली संगको संयोजनमा प्रधानमन्त्री समक्ष निमन्त्रणा पुर्याएको हो। सो निमन्त्रणा प्रधानमन्त्रीले स्विकार गर्नुभएको काफ्लेले जानकारी दिए।
विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्ने लक्ष्य सहित आगामी फाल्गुण १३ देखी २० सम्म हीरक महोत्सबको अवसरमा सप्ताहज्ञान महायज्ञ आयोजना गरेको छ । सो अवसरमा ५ करोड रकम संकलनको लक्ष्य राखीएकोमा हाल सम्म करिब १ करोड ६० लाख रकम संकलन भएको विद्यालयका प्रअ बुद्धि प्रसाद सापकोटाले जानकारी दिए ।
मुसिकोट नगरपालिकाले विद्यालयलाइ सहयोग गर्ने ५० लाख सहित गरी उक्त रकम संकलन भएको र फरक फरक ठाँउमा आर्थिक संकलन भइरहेकोउनले बताए । महोत्सबको अवसर पारी विद्यालयमा इन्जिनीयरीङ्ग सहितको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ ५ करोड अर्थ संकलन गर्ने लक्ष्य राखीएको छ । जसको लागि अधिकतम जनशक्ति परिचालन गरीनुका साथै तयारीका हरेक उपायहरु अबलम्बन गरीएको छ ।
प्राविधिक शिक्षा बिना अबको देश र समाजको बिकास पनि सम्भव नभएकाले अहिलेको शिक्षा अब्यवहारीक भएको भन्दै बिभिन्न क्षेत्रबाट आवाज उठीरहेको समयमा बिद्यालयले प्राविधिक शिक्षा सञ्चालनको निम्ती पहल थालेको हो । यस्तै मुसिकोट नगरपालिका २ मुसिकोटमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले पनि महोत्सबको तयारी गरीरहेको छ भने पौदी अरेवा स्थित जनज्योती माबिले पनि तयारीका काम गरीरहेको छ।



तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।