अनिश शर्मा गैरे
गुल्मी, पुष २७, २०७५-
परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वामीले आफ्नो १३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाका कार्यवाहक अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको अवसरमा अध्यक्षले संस्थाका हालसम्मका गतिविधि तथा आगामी कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदनमा उनले सहकारी मार्फत १३५ किलोवाट क्षमताको विद्युत उत्पादन भई १८११ घरधुरी लाभान्वित भइरहेको, संस्थाले बचत तथा ऋण प्रवाह गरी समाजमा योगदान पुर्याइरहेको लगायतका विषयमा जानकारी गराउँदै अबको तीन महिना भित्रमा संस्थाको नाममा रहेको जग्गामा सहकारी भवन निर्माण गर्नै योजना रहेको जानकारी गराए। संस्थाले वामी बजारमा चाकुधारामा रहेको आफ्नो जग्गामा ट्रसहरुको प्रयोग गरी भवन निर्माण गरी काम सुरु गर्ने समेत उनले जानकारी दिए।
उनले आगामी बर्षदेदखी शेयर सदस्य बिरामी भएको खण्डमा सडक दुर्घटना परेको लगायतका आपतकालीन समयमा ५० हजार रुपैया बराबरको ऋण प्रवाह गर्ने, बढी ऋण धितो अनुसार प्रवाह गर्र्ने ब्यबस्था मिलाइने पनि जानकारी दिए ।त्यसैगरी संस्थाको पुँजी परिचालन लाइ अझै प्रभावकारी बनाउनको निम्ती नेपाल राष्ट्र बैंक वा अन्य वित्तिय संस्थाबाट सफ्टलोन लिइने पनि जानकारी दिए।
संस्थका लेखा समितिका सदस्य लिलाधर घिमिरेले संस्थाले गत आर्थिक बर्ष २०७४÷०७५ मा १ करोड ३७ लाख ५ हजार २ सय २४ रुपैया बराबरको कारोबार गरेको जानकारी दिए । १४ लाख २५ हजार ७ सय ९० रुपैया खुद नाफा गरेको, नियमित निक्षेपमा १ करोड ४ लाख २९ हजार ९ सय ६२, बैंक मौज्दात १५ लाख १३ हजार २ सय ९९, सदस्यलाइ दिइएको ऋण रकम ९६ लाख ८१ हजार ८ सय ६१ तथा ४ करोड ४१ लाख २८ हजार ५ सय ९४ रुपैया सम्पति सामान रहेको तथा ५० लाख ७ हजार ७० रुपैया भवन निर्माण कोषमा राखी ऋण प्रवाह गरिरहेको, जानकारी गराइएको थियो।
२०४९ सालमा दर्ता भएको सहकारी संस्थाको कुल शेयर पुँजी ३ करोड ५८ लाख ९३ हजार ३ सय ८४ रहेको छ।
संस्थाका अध्यक्ष धर्मेन्द्र कुमार मल्लको निधन प्रति संस्थालाई अपुरणीय क्षती पुगेको भन्दै शोक प्रस्ताव पारीत गरीएको थियो भने एक मिनेट मौनधारण गरीएको थियो। साथै अध्यक्षको निधन पछि संस्थाको अध्यक्षको जिम्मेवारी संस्थाका उपाध्यक्ष प्रकाश काफ्लेलाइ दिने पनि सभाले निर्णय गरेको छ ।
कार्यक्रममा मुसिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्य, ऋण समितिका संयोजक अग्नीधर अर्याल, लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाका अध्यक्ष यमुना घिमिरे, शेयरधनी अर्जुनसिँह ठकुरी लगायतले बोलेका थिए । भने सचिब नारायण सापकोटाको स्वागत रहेको कार्यक्रमको सञ्चालन सल्लाहकार गोपीकृष्ण खरेलले गरेका थिए।
२०४९ सालमा स्थापना भएको सहकारी संस्थामा १९ सय १५ जना शेयर सदस्यहरु रहेका छन्।
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।