Author अनिश शर्मा गैरे

गुल्मी, माघ ३, २०७५- गुल्मीको मुसिकोट नगरपालिका र मालिका गाउँपालिकाको सिमा क्षेत्र लिलिङ्ग पहिलो पटक सडक सञ्जालमा जोडिएको छ। मुसिकोट नगरपालिकाले महत्व तथा प्राथमिकतामा राखेको मुसिकोट-४, दोभान-अरेवा हुँदै लिलिङ्ग सम्म मङ्गलबार अर्थात माघ १ गते मात्र सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो।
मुनपा ४ दोभान देखी मुनपा १ र मालिका १ को सीमा लिलिङ्ग सम्मको २७ किमि सडक दुइ आर्थिक बर्षमा वजेट विनियोजन गरी ट्रयाक खोलीएको हो । गत आर्थिक बर्षमा नगरपालिकाको २० लाख र यस आर्थिक बर्षको २० लाख गरी ४० लाखको लागतमा सडक निर्माण गरीएको हो । अझै केही रकम अपुग हुन सक्ने भएको कारण नगरपालिका सँग थप रकम माग गरीने सो सडक निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष गोपाल गीरीले जानकारी दिए । सो सडकको आज मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, मालिका गाँउपालिका अध्यक्ष रीत बहादुर थापा सहित जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीय बुद्धिजिविको समुपस्थितीमा उद्घाटन गरीएको छ । सो उद्घाटन समारोहमा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी तथा वडाध्यक्षहरु पुर्ण हितान, ओम बहादुर केसी, भागीरथ खरेल, खड्क बहादुर खड्का, प्रकाश काफ्ले, नारायण सापकोटा, तथा अन्य निर्वाचित कार्यपालिका तथा नगरसभाका सदस्यहरु, मालिका गाँउपालिकाका वडाध्यक्ष हिरालाल अर्याल, गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष रुपक श्रेष्ठ, महासचिब उत्तम बहादुर कुवर, सचिब महेश कुमार राजभण्डारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सापकोटाले यस सडकले त्यस क्षेत्रका बासिन्दाहरुको लागि समृद्धिको ढोका खोलेको बताए । यस सडकलाइ सालझण्डी ढोरपाटन सडक सञ्जाल सँग जोड्न सकिने भन्दै उनले त्यसको निम्ती पनि पहल गरीने बताए । यस क्षेत्रमा सडक पुर्याउने बर्षाैदेखीको इच्छा पुर्ण भएको भन्दै सडक सँगै त्यस क्षेत्रको कृषि क्षेत्रको बजारीकरण, बजारसँगको सम्बन्ध स्थापना लगायतको बिकासमा सहयोग पुग्ने उनले बताए । अब सो सडक हुँदै नियमित गाडी सञ्चालनको पहल गर्न गुल्मी यातायात ब्यबसायी समिति लाइ आग्रह गर्दै समन्वय गर्दै अघि बढ्ने भन्दै उनले बस्ती भन्दा पारीपट्टीरहेको मध्यपहाडी लोकमार्ग सरहको बाटो बनाउनको निम्ती काम गरीने बताए । सो सडकलाइ पनि कम्तीमा ८ मिटरको सडकको मापदण्डमा लगीने भन्दै उनले अब गाँउमा बस्ती बिकास गर्न र बसाइसराइको समस्या समाधान गर्न योगदान पुग्ने बताए । उनले मुसिकोट नगरपालिका दुइ भागमा विभाजीत भएको भन्दै जैभर–भर्मचौर जोड्ने पुल जस्तै अन्य ५ पुलले पनि दुइ भागको सम्बन्ध जोडिने बताएका थिए । कार्यक्रममा मालिकाका अध्यक्ष रीत बहादुर थापाले सडक सँगै मुसिकोट र मालिकाको सम्बन्धी स्थापना भएको भन्दै लिलिङ्ग देखी मालिका गाँउपालिकाका केन्द्र सम्म पुग्ने सडक निर्माणमा पनि पहल गरीने बताए ।
सो अवसरमा वडाध्यक्ष पुर्ण हितान लगायतले बोलेका थिए । नगरप्रमुख सापकोटाले रीवन काटेर सडकको उद्घाटन गरेका थिए भने सडक निर्माण गर्ने चालक अपरेटरलाइ सम्मान गरीएको थियो । स्थानीयले बाजा गाजा सँगै नाचगान गरेर खुशीयाली साटासाट गरेका थिए । सो सडक मुसिकोट नगरपालिकाले मुख्य प्राथमिकतामा राखी काम गरेको थियो।

तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।