अनिश शर्मा गैरे
गुल्मी, माघ १४, २०७५-
कृष्णहरी सापकोटा आँखा अस्पताल, वामीले निशुल्क रुपमा सञ्चालन गरेको दुइ दिने आँखा शिविर सम्पन्न भएको छ।
माघ १३ र १४ गते दुइ दिन चलेको शिविरमा ४१ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको छ भने जम्माजम्मी २ सय ५१ जनाले उपचार तथा परामर्श सेवा लिएको आँखा उपचार केन्द्रका इन्चार्ज धिरज कुँवरले जानकारी दिए।
उपचारका लागि आउने बिरामीहरुमा हाइ ब्लड प्रेसर, सुगरका समस्याहरु तथा साना बच्चाहरुमा रतन्धोको समस्याहरु देखिएको कुवँरले बताए । गुल्मी तथा बाग्लुुङ्गबाट बिरामीहरुको उपस्थिति रहेको थियो भने उपचारमा चस्मा तथा औषधीको भने न्युनतम शुल्क लिइएको बताइएको छ। शिविरमा सर्जरीको लागि पाल्पा लायन्स लाकोल आँखा अस्पतालका डाक्टर अञ्जिता हिराचनको टोली आएको थियो । अस्पतालमा दैनिक चेकजाँच तथा उपचार भने हुँदै आइरहेको छ।
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।